फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन् । बन्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।

मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साईटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताए । उनले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पुरा गर्ने समेत वचन दिए । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताए ।

मन्त्री झाँक्री र महानगर प्रमुख साहबीच बन्चरेडाडाँमा फोहोरको वैज्ञानिक व्यवस्थापनबारे समेत छलफल भएको थियो । काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरे । छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो । कामपाको मेयरमा विजयी भए लगत्तै फोहोर व्यवस्थापनका लागि मेयर साहले विशेष सक्रियता देखाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्