तनहुँ जिससको निर्वाचन कार्यतालिका सार्वजनिक, असार १० गते मतदाता नामावली प्रकाशन

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ । असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन ।

यहाँ नेपाली कांग्रेसको दश, नेकपा एमालेको छ र नेकपा माओवादी केन्द्रको चार मत छ । एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धनका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने भएको छ । कांग्रेस र माओवादीको तालमेलपछि १४ मत हुनेछ । कांग्रेसले पाँच पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । नेकपा एमालेले चार पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले एक पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्