मंगलबारबाट जनार्दन शर्मामाथि छानबिन सुरु गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पुर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारबाट छानबिन सुरु हुने भएको छ । करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका शर्मामाथि छानबिन सुरु हुने भएको हो । छानबिन गर्ने प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिलाई कार्य प्रारम्भ गरेको १० दिने समय दिइएको छ । शुक्रबार आज सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ । सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्