बिहिबार १४ दशमलव ७१ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४ दशमलव ७१ अंकले बढेर २००१ दशमलव ५३ बिन्दुमा पुगेको हो ।

कुल २२० कम्पनीको ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै बुधबार सेयर बजारमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

यस्तै आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३० करोड १८ लाख ८६ हजार ७ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्