अबैध रुपमा भन्सार छली ल्याएको १२ थान मोबाइल सहित एक भारतीय नागरीक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भन्सार छलेर ल्याएको मोबाइलसहित भारतीय नागरीक पक्राउ परेका छन् । भारत पंजाब स्थित जलांदर घर भएका ३५ वर्षीय सन्दिप अहुजालाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विभिन्न मोडेलका १२ थान मोबाइलसहित उनलाई गौशाला स्थित होटल कल्चरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अहुजा बस्दै आएको होटलको कोठाको खानतलाशी गर्दा विभिन्न मोडलका १२ थान मोबाइल भेटिएको छ । पक्राउ परेका अहुजालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्