जसपाले रेणु यादवलाई हटायो कार्यकारिणी र राजनीतिक समितिबाट, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेत्री रेणु यादवलाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ । वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गरेपछि पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो ।

वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् । तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ । ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ ।

जसपाबाट डा.बाबुराम भट्टराई अलग भएपछि उनका पक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई हटाएर अध्यक्ष उपेन्द्र यादवले ४६६ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । केन्द्रीय समिति पुनर्गठन गर्दा त्यसमा केही नयाँ नाम थप गरिएको छ । यसअघि ४९९ सदस्य केन्द्रीय समिति थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्