डा.केसीद्वारा इलाम अस्पताल हाडजोर्नीको सेवा दिन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने बताइएको छ ।

सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए । उनले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले बताए ।

यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आएका हुन् । करिब २७ वर्ष शिक्षण अस्पतालमा काम गर्नुभएका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् ।-RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्