मंगलबार १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्‍यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा मंगलबार १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ६ हजार ३०० जनाको परीक्षणमा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ४३८ जना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्