गगनको अध्यक्षतामा बस्यो कांग्रेस पदाधिकारी बैठक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको पदाधिकारी बैठक थापाको अध्यक्षतामा बसेको हो ।

१४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठकमा  अध्यक्षता गरेका हुन् । सभापति देउवा कार्यव्यस्तताका कारण र उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेकाले बैठकमा उपस्थित हुन् नसकेका हुन् ।

स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्