‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताएका छन् । पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउने गरी काम गर्ने नेता तथा कार्यकर्तालाई निर्देशन दिंदै कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनु पर्ने बताएका हुन् ।

गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताएका छन् । अभिमुखीकरण कार्यक्रममा बौल्दै देउवाले भने, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ, गठबन्धनलाई सँगै सँगै लिएर जानुछ ।  गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् , साथीहरूले जनताको दिल जित्नुपर्छ । सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् ।’

उनले पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने बताएका छन् । तर गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं, टिकट चाहिन्छ नभन्न समेत आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्