अन्तर्घातको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्ड भन्छन् -‘अनुशासन तोड्नेलाई निष्कासन, निलम्बन र दण्डित गरिन्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको छानविन समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहितको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । टंक राईको नेतृत्वका गठित छानविन समितिले अन्तर्घातको आरोप लागेका देशभरका ५ सयभन्दा बढी नेता कार्यकर्तासँग बयान लिएर तयार पारीएको  प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा देशका विभिन्न ठाउँमा अन्तरघात भएको निष्कर्ष निकाल्दै गल्ती गर्नेलाई निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको छ । सोमबार केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझ्दै माओवादी अध्यक्ष प्रचण्डले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएका छन् । अनुशासनहीन र अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण नहुने भन्दै उनले अनुशासन तोड्नेलाई दण्डित गरिने बताएका  हुन् ।

अध्यक्ष प्रचण्डले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । उनले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताएका हुन् । उनले भने, ‘राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने यो प्रक्रिया अगाडी नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन । त्यसकारण हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्