एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक श्रावन १२ गतेसम्म स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक श्रावन ७ गते देखि १२ गतेसम्म स्थगित गरिएको छ । पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको हो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ ।

यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्