‘अनधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो साथ सहयोग र समर्थन छ’ : सुनिता डंगोल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएकी छन् । मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उनले सामाजीक सञ्चाल फेसबुकबाट यस्तो स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिदै उनले लेखेकि छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

अनधिकृत संरचना हटाउने अभियान  महानगरको हो भन्दै महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति आफु सजग र सचेत रहेको पनि उपमेयर डंगोलले स्मरण गराएकी छन् । उनले आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको भन्दै प्रतिवादसमेत गरेकी छन् । उनले पत्रकारलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयतामा आधारीत रहेर पत्रकारिता गर्ने समेत अनुरोध गरेकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्