सोमबार ३ दशमलव ७६ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ७६ अंकले बढेर १९९३ दशमलव २ बिन्दुमा पुगेको हो ।

सोमबार कुल २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजार माथिको सेयर कारोबार भएको छ । सोमबार नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ११ करोड २५ लाख ७६ हजार ७ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा रु-रु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । यसैगरी सोमबारको सेयर बजारमा वेन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्