आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७९/०५/३१ देखि २०७९/०६/०२) : मेघ गर्जन/चट्याङ सहित बर्षा हुन सक्ने

Ad
  • कालोपाटी सम्बाददाता

हाल मनसुनको न्यून चापीय रेखा   पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको  छ।

 

हाल मौसमको अवस्था 

देशभर सामान्यतया  बदली  रही गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई  स्थानमा   मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

२०७९ भदौ ३१ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

२०७९ असोज १ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असोज २ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश १ को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा  भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।  साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्