भारतीय अभिनेता ओबराय नेपालमा

Ad
  • कालोपाटी सम्बाददाता

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् ।उनी  परिवारसहित घुम्न आएका हुन्  ।

व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसकेका  छन् ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने  । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्