यती एयर विमान दुर्घटना : पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने

Ad
  • कालोपाटी सम्बाददाता

पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।  दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू  आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने  भएको हो ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए ।

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो  ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । नागरिक उड्डयन प्राधिकरण अनुसार  बिमानमा ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए भने  ५३ जना नेपाली यात्रु रहेका थिए ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्