कार्यकालको पहिलो वर्ष सकिँदै गर्दा अर्को क्रमभंग गर्दैछु: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालको पहिलो वर्ष सकिँदै गर्दा अर्को क्रमभंग गर्ने बताएका छन् । शुक्रबार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । म साँच्चै क्रमभंग गर्दैछु र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ‘ प्रधानमन्त्रीले नेपालमा धेरै सम्भावनाहरु रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ । यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा ।’ उनले जनतामा आत्मविश्वास जगाउने कि निराशा भन्ने प्रश्न गर्दै भने, ‘हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौँ ।’

यस्तै, केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरिएकोप्रति कटाक्ष गर्दै उनले भने, ‘मानिसहरुमा एउटा बडो नकारात्मक भाष्य निर्माण, जनतालाई निराश पार्ने, नेपाल अँध्यारो छ बस्न लायक देश छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म यो ऐतिहासिक दिन आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह गर्दछु ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्