संसद् सचिवालयका उपसचिवलाई सोधियो स्पष्टीकरण, शाखा अधिकृत महिला कर्मचारीलाई किन हाने झापड ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संघीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।

गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा उनले महिला सहकर्मीलाई झापड हानेका थिए । संसद् सचिवालयको कर्मचारी प्रशासन महाशाखाले उनलाई उक्त प्रकरणमा स्पष्टीकरण सोधेको हो ।

यस्तै, स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

उपसचिव गैरेलाई संघीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये कुनै कारबाही हुने भएको छ । झापड हान्ने गैरेलाई कारबाहीको भागीदार किन नहुने भन्दै अर्को पत्र काटिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्