अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । खोटाङ  घर भई हाल काठमाडौँ  जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा बस्ने ५१ वर्षीय हरि कुमार दाहाल पक्राउ परेका हुन् ।

दाहालले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेका हुन् । अजरबैजान जानको लागि ६ लाख ५० हजार रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ७५ हजार कमाइ हुने होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सो व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्