भ्रष्टाचार सम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्छ: मन्त्री धनराज गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले (आज) शुक्रबार वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताएका छन् । उनले भने, ‘भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानविन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ ।’

यस्तै, गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुन:गठन गर्नसक्ने उनको भनाइ छ । मन्त्रीहरुको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुन:गठन हुनसक्ने उनेले बताएका छन् । सम्मेलनमा उनले भने, प्रधानमन्त्रीको सोचअनुसार काम गर्नसक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ । सो अनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।’

मन्त्रिमण्डल पुन:गठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुको सहमतिबाटै हुने उनको भनाइ थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्