प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो  ।
कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ । कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी, कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै ८८ रनको योगफल बनाएको थियो । उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिएकी हुन् ।
त्यस्तै, इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७-७ रन बनाएका छन् । कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान एक-एक विकेट लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्