सोमबार नेप्से परिसूचक ८.७५ अङ्कले घटेर २०६०.१५ को बिन्दुमा कायम !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ८.७५ अङ्कले घटेर २०६०.१५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३ सय ६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता सेयर १ लाख २ हजार ९ सय ५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ बराबरको कारोबार भएको छ । सोमबार कारोबारपछि बैंकिङ समूहको उपसूचक ०.०१, विकास बैंक ०.१०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान १.०७ र व्यापार समूह ०.४५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै १.७२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै वित्त ०.८०, होटल तथा पर्यटन १.६७, जीवन बीमा १.५८, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २० करोड १३ लाख ७३ हजार ६ सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ४ लाख ३७ हजार २७ कित्ता सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्