बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्न सिकौँ: डा.बाबुराम भट्टराई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने बताएका छन् । सोमबार ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कंग्रेसद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले भने, ‘बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्न सिकौं । एक अर्कालाई दोष नलाऊ । जनतालाई सुशासन र समृद्धिको फल दिऊँ । यसलाई गम्भीर तरिकाले लिउ ।’

यस्तै, कार्यक्रमकाबीच उनले टीआरसी विधेयक देशको साझा विषय भएकोसमेत जानकारी दिएका छन् । अध्यक्ष भट्टराईले भने, ‘टीआरसी विधेयकलाई छिटो टुङ्ग्याऊँ । सबै मिलेर हल गरेनौँ भने जनताले पत्याउँदैनन् । यो नमिलाएसम्म लोकतन्त्रको डम्फु बजाएर काम छैन ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्