मंगलबारको मौसम: नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हुस्सु र कुहिरो तथा हिमपातकाकारण चिसो बढ्ने भएकाले यसबाट बच्च आवश्यक उपाय अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।

आज सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्