कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । तेह्रथुमको म्याङलुङ घर भई  गौशाला बस्ने  सुवर्ण सिंह तुम्बाहाङफेकी ४३ वर्षीय जुनु तुम्बाहाङफे पक्राउ परेकी हुन् ।

उनले रस्मिता भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु त्यसको लागि ६ लाख ५० हजार रुपैयाँ लाग्छ भनेकी थिइन् । साथै, कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनेकी थिइन् ।

पक्राउ परेकी महिलाले प्रलोभनमा पारी २ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्