बुधबार यस्तो छ तरकारी तथा फलफूलको मूल्य..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (आज) बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार बुधबार हरियो अंगुर प्रतिकेजी २ सय ५० रुपैयाँ, कालो अंगुर ३ सय २० रुपैयाँ, अनार ३ सय रुपैयाँ, किवी ३ सय रुपैयाँ, एभोकाडो २ सय ५० रुपैयाँ, सखरखण्ड ६०, अमला ७० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, अदुवा १ सय ४० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १ सय २० रुपैयाँ, सुकेको खुर्सानी ४ सय ८० रुपैयाँ, हरियो खुर्सानी ८० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४ सय रुपैयाँ प्रतिकेजी किनबेच भइरहेको छ । लोकल गाँजर प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १५ रुपैयाँ रहेको छ ।

लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी १ सय ५० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २ सय ५० रुपैयाँ छ भने हरियो लसुन १ सय २० र नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँ, डल्ले भान्टा ४० रुपैयाँ बोडी (तने) १ सय १० रुपैयाँ र हरियो धनियाँ ९० रुपैयाँ कायम भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्