वीरगञ्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, ३२ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वीरगञ्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएको हो ।

बिहीबार बिहान बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका-६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु रहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्