काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल-भारत संयुक्त आयोगको ७औँ बैठकमा भाग लिन आएका जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् ।
उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका छन् । भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।