राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुङ्ग्यायो बागमती प्रदेशका उम्मेदवार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको एमालेले बागमतीबाट चार जनाको नाम टुङ्गो लगाएको हो ।

राष्ट्रियसभाका लागि एमालेले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुङ्गो लगाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्