‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अनलाइन क्यासिनो गेम खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसनमार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा ३ जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका-७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन् । विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेका थिए ।

उक्त सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्