नेपाली सेनाद्धारा तस्बिर र युनिट विशेष प्रदर्शनी…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली सेनाले तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । सङ्गठन स्थापना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको मंगलबार एक समारोहबीच उद्घाटन गरेका हुन् । उक्त प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ ।

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीकोसमेत प्रदर्शनीमा समेटिएको छ । आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अबलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ । प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ । तस्बिर र युनिट विशेष प्रदर्शनी बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्