कारोबारको दोश्रो दिन सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन (आज) सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्