लगातार बढ्दैछ नेप्से परिसूचक, मंगलबार ५ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजारमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ७५ करोड २७ लाख ८६ हजार ९ सय १८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी चन्द्रागिरि हिल्स् लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पानीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा मिड सोलु हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ८.३५ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्