कारोबारको पहिलो दिन ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ११ हजार ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्