महोत्सव हेर्न आउनेलाई दूध र अण्डा नि:शुल्क उपलब्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महोत्सव हेर्न आउनेलाई दूध र अण्डा नि:शुल्क उपलब्ध गराइएको छ । नुवाकोटको विदुरमा जारी ८औँ नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा नि:शुल्क उपलब्ध गराइएको हो ।

महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई नि:शुल्क दूध र अण्डा उपलब्ध गराएको हो । विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेका अनुसार शुक्रबारदेखि सुरु महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक-एक वटा उसिनेको अण्डा वितरण भइरहेको छ ।

मेला-महोत्सवलाई सहयोग पुयाउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकायसँगको सहकार्यमा अवलोकनकर्तालाई नि:शुल्क दूध र अण्डा उपलब्ध गराइएको पाण्डेको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गरेको ८औँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्