त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम उपकुलपतिका लागि सिफारिस भएको छ । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।

यसअघि सिफारिस समितिले माघ २६ गते १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्