रुख टमाटरको मूल्य बढ्यो, सोमबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रुख टमाटरको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार सोमबार रुख टमाटर १ सय ५० रुपैयाँ, नेपाली ठुलो गोलभेडा ५०, भारतीय ठुलो गोलभेडा ६०, सानो टनेल गोलभेडा ३०, भारतीय सानो गोलभेडा ३०, तराईको सानो गोलभेडा २५, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँमा कारोबार भइरहेको छ ।आज लोकल गाजर ३० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ,  स्थानीय काउली २५ रुपैयाँ, स्थानीय ज्यापु काउली ४० रुपैयाँ, काउली तराई २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, रातो मुला २५ रुपैयाँ, सेतो मुला लोकल २५, हाइब्रीड सेतो मूला ३०, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा १ सय रुपैयाँ, घ्यु सिमि लोकल ९० रुपैयाँ, हाइब्रीड घिउ सिमी ९० रुपैयाँ, राजमा घिउ सिमी १ सय १०, टाटे सिमि ७० रुपैयाँमा किनबेच भईरहेको छ ।सोमबार रायो साग ४० रुपैयाँ, पालुंगो ६०, चम्सुरको साग ६०, तोरीको साग ३०, मेथीको साग ६०, तितो करेला १ सय २०, लौका ५०, फर्सी पाकेको ४०, लाम्चो हरियो फर्सी  ५०, डल्लो हरियो फर्सी ६०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार आज फुजी स्याउ ३ सय २०, केरा १ सय २०, कागती २ सय ५०, अनार ३ सय, हरियो अंगुर १ सय ३०, कालो अंगुर १ सय ८०, नेपाली सुन्तला १ सय ३०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी  जुनार २ सय, भुई कटहर प्रति गोटा १ सय ८०, लोकल काक्रो १ सय २०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २ सय ४०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १ सय ६०, लप्सी ९०, किनु ९०, किवी ४ सय, अभोकाडो ३ सय, अमला ९० र स्ट्रबेरी ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हरियो प्याज १ सय, बकुला ९०, तरुल ६०, कन्य च्याउ १ सय, डल्ले च्याउ २ सय ८०, ब्रोकाउली ५०, चुकन्दर ७०, सजीवन १ सय ३०, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ५०, सेलेरी ९०, पार्सले २ सय ५०, सौफको साग ६०, पुदिना ३ सय ५०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार गुन्द्रुक २ सय ५०, अदुवा २ सय, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४ सय २०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २ सय, भेडे खुर्सानी ९०, हरियो लसुन १ सय २०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन ३ सय ३०, छ्यापी हरियो १ सय १०, छ्यापि सुकेको २ सय, रुख टमाटर १ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्