कारोबारको तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर रह्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, मंगलबार पनि १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र चाँदीको मूल्य १२ सय ९ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्