मंगलबार १.७६ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको ९ करोड ३४ लाख २ हजार ५ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ३१ करोड ७३ लाख ७० हजार ९ सय ९८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्