कुरिलोको मूल्य घट्यो, यस्तो छ बिहीबार अन्य तरकारी तथा फलफुलको मूल्य…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार बिहीबार रुख टमाटर १ सय ४० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो टनेल गोलभेडा २५, लोकल सानो गोलभेडा २० रुपैयाँ, भारतीय सानो गोलभेडा २५ रुपैयाँ, तराईको सानो गोलभेडा २० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँमा कारोबार भईरहेको छ । आज भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, नरिवल बन्दा २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय ज्यापु काउली ४० रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला ३५ रुपैयाँ, सेतो मुला लोकल ३० रुपैयाँ, सेतो हाइब्रीड मूला ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँमा किनबेच भईरहेको छ ।

समितिका अनुसार बिहीबार बिहीबार मटरकोशा १ सय रुपैयाँ, टाटे सिमि ९० रुपैयाँ, तितो करेला १ सय ४० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, लाम्चो हरियो फर्सी ६० रुपैयाँ, हरियो डल्लो फर्सी ६० रुपैयाँमा कारोबार भईरहेको छ । आज सलगम ७०, भिण्डी १ सय १० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ, बरेला ५० रुपैयाँ, पिंडालु ९० रुपैयाँ, स्कुस ४० रुपैयाँ, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० कागती २ सय ५०, रुपैयाँमा किनबेच भईरहेको  छ ।

यसैगरी हरियो प्याज ८० रुपैयाँ, बकुला ८० रुपैयाँ, तरुल ७० रुपैयाँ, कन्य च्याउ १ रुपैयाँ, डल्ले च्याउ ३ सय ५० रुपैयाँ, कुरिलो १५ सय रुपैयाँ, ब्रोकाउली २५ रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग ८० रुपैयाँ, ग्याठ कोबी ६० रुपैयाँ, सेलेरी ८० रुपैयाँ, पार्सले २ सय २० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २ सय २०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४ सय २०, हरियो खुर्सानी बुलेट ९०, हरियो माछे खुर्सानी ८०, अकबरे खुर्सानी २ सय ५०, भेडे खुर्सानी १ सय १०, हरियो लसुन १ सय, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन ३ सय, छ्यापी सुकेको २ सय, छ्यापी हरियो १ सय,  रुपैयाँ रहेको समितिले जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार हरियो अंगुर १ सय २० रुपैयाँ, कालो अंगुर १ सय ८०, फुजी स्याउ ३ सय, केरा १ सय ३०,  अनार २ सय ८०,   नेपाली सुन्तला १ सय ५०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १ सय ३०, जुनार २ सय २०, भुई कटहर प्रति गोटा १ सय ८०, अभोकाडो ४ सय, लोकल काक्रो १ सय ५०, हाइब्रिड काक्रो ६०, रुख कटहर १ सय १०, निबुवा ५०, चाइनीज नासपाती २ सय २०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा १ सय ५०, लप्सी १ सय १०, अमला ८०, किनु ९०, किवी ४ सय र स्ट्रबेरी २ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्