भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट पालिका घोषित !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अनुसन्धानअनुसार देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो ।

आयोगले गत आर्थिक वर्ष २०७९-८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा पनि भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आर्थिक वर्ष २०८१-८२मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ । आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे-नगरेको, राजस्वको विभाजन गरे-नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।

यस्तै, १० असारभित्र बजेट ल्याए-नल्याएको, ३० असार भित्र बजेट पास गरे-नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए-नदिएकोलगायतका आधारमा मूल्याङ्कन गरिन्छ । आयोगले विषेश गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।

आयोगले दिएको जानकारी अनुसार भरतपुरल ५६. २९ प्रतिशत अंक प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले ३९.०२, वीरगञ्ज महानगरपालिकाले ३३.४९ , विराटनगर महानगरपालिकाले ३२.८५ , ललितपुर महानगरपालिकाले २५.१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अङ्क पाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्