जागिर खाने हो ? कर्मचारी सञ्चय कोषमा कर्मचारी माग…(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै गरी ५औँ देखि ९औँ  तहका विभिन्न पदका लागि ३० जना कर्मचारी माग गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एक-एक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ । जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ ।

यस्तै, प्रशासनतर्फ १ जना, प्राविधिकतर्फ एक जना सहायक प्रबन्धक, ५औँ तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट दुई-दुई जना र एक जना मधेसीबाट नियुक्त गरिनेछ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र दरखास्त दिनुपर्ने कोषले जनाएको छ । दरखास्त शुल्क पदअनुसार फरक-फरक निर्धारण गरिएको छ । हेर्नुहोस् कर्मचारी सञ्चय कोषले प्रकाशित गरेको सुचना:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्