नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खला अन्र्तगत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ । यससँगै नेपालको यो लगातार दोस्रो हार हो ।

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ८२ रनमा समेटियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । त्यसैगरी नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भएका छन् ।

यस्तै, चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे । नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो । उनी बोल्ड आउट हुन पुगे । दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौँ बलमा उनले १ रन मात्र लिए । अन्तत:नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो । उक्त खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडेका हुन् । आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे । कुशल मल्ल र करण केसीले समान ११-११ रन जोडे भने सन्दिप जोराले ८ रन बनाए ।

यसैगरी बलिङतर्फ स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई-दुई विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले समान एक-एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रनको योगफल बनाएको थियो । त्यस्तै, नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छककाको सहयोगमा ५४ रन बनाएका हुन् ।

यसैगरी स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए । बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक-एक विकेट लिएका थिए । नेपालले यही फागुन १८ गते नामिबियासँग खेल्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्