शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैँठौ दिन (आज) शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २० हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्