राष्ट्रियसभाका प्रमुख सचेतकमा भगवती न्यौपाने मनोनयन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आइतबार मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान-२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले जानकारी दिएकी छिन् । राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबार समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो ।

एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्