कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार ८ सय ३५ बालबालिकालाई खोप लगाइको हो ।

यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार ८ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन् । ‘फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो’, उनले भने ।

यस्तै, फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । जिल्लाका नौ वटा पालिकाका २ सय २७ भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको महतको भनाइ छ ।

त्यसैगरी खाँडाचक्र नगरपालिकाका २ हजार २ सय ८५, पलाताका २ हजार ३ सय ८३ , नरहरिनाथका २ हजार ८ सय २७, महावैका १ हजार ९२, तिलागुफाका १ हजार ८ सय ९० लाई खोप दिइएको महतले जनाएका छन् । उनका अनुसार रास्कोट नगरपालिकाका २ हजार २ सय ६२, सान्नीत्रिवेणीका १ हजार ७ सय, पचालझरनाका १ हजार ६ सय ५४ र शुभकालिकाका १ हजार ५ सय ४३ बालबालिकालाई खोप दिइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्