राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए सपथ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो ।

सो समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्