कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको बुधबार राति निधन भएको हो ।

नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा  वडाध्यक्ष महर्जनको निधन भएको हो । महर्जन विसं २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमति र दुई छोरा छन् । वडाअध्यक्ष महर्जनको निधनमा बिहीबार कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ ।

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दु:ख व्यक्त गरेका छन् । महर्जनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागीता रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्