शुक्रबार सुनचाँदीको मूल्य स्थिर रह्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ७ हजार १ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्